विश्वभर नै सबैभन्दा राम्रो तलब पाउने सरकार प्रमुख

0

चारदिशा सम्वाददाता।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनका राष्ट्रपति चिनफिङ सीको तलब अमेरिकी राष्ट्रपति बाराक ओबामाको भन्दा निकै कम छ। तलबवापत ओबामा बर्सेनि ४ लाख डलर बुझ्छन्।

अमेरिकाजस्तै अन्य राष्ट्रका सरकारप्रमुखले ठूलो रकम तलब पाउने गरेका छन्। सन् २०१३ मा भारतले तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले मासिक १ लाख ६० हजार भारतीय रुपैयाँ (२६ सय अमेरिकी डलर) तलब पाउने जानकारी दिएको थियो। यसका साथै उनलाई एक जना कर्मचारी, निःशुल्क आवासलगायत एउटा हवाइजहाज र एउटा सवारीसाधन उपलब्ध गराइएको थियो।
सिंगापुरका प्रधानमन्त्री ली सङ लुङ विश्वभर नै सबैभन्दा राम्रो तलब पाउने सरकार प्रमुखमा पर्छन्। उनी बर्सेनि २२ लाख सिंगापुर डलर (१६ लाख ४० हजार अमेरिकी डलर) तलबवापत पाउँछन्।

 

 

 

Leave A Reply

Your email address will not be published.