देश टुक्र्याउने अभियानमा कुन कुन देश लागेका छन ?

0

चारदिशा

युरोपेली युनियनका प्रतिनिधिहरुले स्वतन्त्र मधेसका अभियन्ता सीके राउतसँग भेट गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतले बिहीबार नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग होटल र्‍याडिसनमा छलफल गरेका थिए । उक्त छलफलमा परराष्ट्रमन्त्री पाण्डेले सीके राउतको नाम नलिर्इ नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई हानी पुग्ने ‘मोटिभ’ नगर्न आग्रह गरेका छन् ।
युरोपेली राष्ट्रका केही कूटनीतिज्ञले हालै मात्र पर्यटक बस रिजर्व गरेर चितवनमा गर्इ सीके राउतसँग गोप्य भेट गरेको सूचना सरकारले पाएको थियो ।
राउत मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभियान चलाइरहेका छन् । राउतलाई युरोपियन युनियनका प्रतिनिधिका साथै नर्वे, डेनमार्क र स्वीट्जरल्याण्डका कूटनीतिज्ञ चितवन पुगेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
यसअघि नै धर्म निरपेक्षतासम्वन्धी प्रतिक्रिया दिएर झस्किएका बेलायती कूटनीतिज्ञ भने राउत भेट्ने टोलीमा सहभागी थिएनन् । त्यस्तै जर्मन कूटनीतिज्ञ पनि भेटमा सहभागी नभएको सूचना मन्त्रालयलाई आएको थियो ।

Leave A Reply

Your email address will not be published.