संघीय गठबन्धनद्धारा आन्दोलनको घोषणा

0

काठमाडौं । संघीय गठबन्धनले संविधान पुनर्लेखनसहितको २७ बुँदे माग अघि सार्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले वैशाख १५ गतेदेखि जेठ १ सम्मका लागि आन्दोलनको कार्यक्रम अघि सारेको हो । वैशाख १५ गते सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, १७ गते सरकारी कार्यलयमा कालोझन्डा गाड्ने, १९ गते सबै जिल्ला सदरमुकाममा प्रर्दशन गर्ने र वैशाख २१ देखि ३१ सम्म मुलुकका प्रमुख स्थानहमा प्रर्दशन गर्ने कार्यक्रम रहेको जनाइएको छ । जेठ १ गते काठमाडौंमा सिंहदरबार घेर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

Leave A Reply

Your email address will not be published.