वार्ता र संवादबाटै समाधान खोजौं : गच्छदार

0

पथरी । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आन्दोलनको सट्टा वार्ता र संवादबाटै समाधान खोज्न मधेसवादी दललाई आग्रह गर्नुभएको छ । आज विराटनगरमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उप्रधानमन्त्री गच्छदारले संविधान संशोधनबाट मात्रै मधेसवादी दलका माग पूरा हुने स्पष्ट पार्नुभयो ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहनुभएका गच्छदारले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेकाले प्रमुख राजनीतिक दलहरुबीच सहमति र सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो – “संविधान कार्यान्वयन गर्न सरकारले सबै पक्षसँग वार्ता र संवाद जारी राखेको छ ।”

Leave A Reply

Your email address will not be published.