कनकमणि दीक्षित अख्तियारको नियन्त्रणमा

0

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई शुक्रबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको छ । स्रोत नखुलेको सम्पति छानबिनमा असहयोग गरेको आरोपमा अख्तियारले पत्रकार दीक्षितलाई पक्राउ गरेको हो । दीक्षितलाई पक्राउ गर्न प्रहरीसहित अख्तियारका अधिकारीहरू पाटनढोकास्थित दीक्षितको निवासमा पुगेका थिए ।
दीक्षितलाई दिइएको पक्राउ पूर्जीमा ‘गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको भ्रष्टाचार कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने देखिन आएकोले पूर्जीसहित प्रहरी र अख्तियार कर्मचारीकासाथ आउन’ भनिएको छ । यसअघि, अख्तियारले दीक्षितलाई पटक–पटक अभियोगबारे छानबिनमा सहयोग गर्न आग्रह गर्दा उनले आफूलाई कारबाही गर्ने अधिकार अख्तियारसँग नरहेको ब्यहोराको पत्र अख्तियारमा दिएको बुझिएको छ । हिमाल मिडियासम्बद्ध पत्रकार दीक्षित साझा यातायातका अध्यक्षसमेत हुन् ।

Leave A Reply

Your email address will not be published.