आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने : अशोक राई

0

पाँचथर । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मधेशी मोर्चालगायतको गठबन्धनले गर्ने आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने बताउनुभएको छ । पाँचथरको फिदिममा आज पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने र आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने उल्लेख गर्नुभयो ।
अबको आन्दोलन जनतालाई दुःख दिनेभन्दा पनि उनीहरुसँगै छलफल तथा अन्तक्र्रिया गरेर अगाडि बढाइने उहाँले बताउनुभयो । अहिले सरकारकै कारण आन्दोलन गर्नुपरेको बताउँदै उहाँले प्रमुख ठूला दल र सरकारले मुलुकलाई सङ्घर्षतर्फ धकेलिरहेको आरोप लगाउनुभयो ।

Leave A Reply

Your email address will not be published.