संविधान संशोधन गर्न सरकार तयार

0

विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका विषय सरकारले वार्ता एवम् छलफलबाट समाधान गर्ने बताउनुभएको छ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले दलको यही वैशाख २०, २१ र २२ गते विराटनगरमा हुने प्रथम महाधिवेशनको तयारी सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली जनता राजनीतिक दलको आन्दोलनबाट वाक्कदिक्क भइसकेको बताउँदै दलबीच संविधानमा भएका असहमति संशोधन गरी समाधान गर्न सरकार सदैव तत्पर छ भन्नुभयो ।
उहाँले लामो अस्थिरतापछि संविधानले निश्चित बाटो कोरेको र अब सबै दलबीच एकापसमा सहमति कायम गरी देशलाई विकासको बाटामा डो-याउनुपर्नेमा जोड दिनुभयो । नेता गच्छदारले लोकतान्त्रिक विधि अपनाई ६५ जिल्लाका दुई हजार ५०० प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिँदै दलको नाम परिवर्तन गर्ने सम्बन्धमा अहिलेसम्म कुनै टुङ्गोमा नपुगिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.