के यि नेपाली बचाउनु नेपाल सरकारको दायित्व भित्र पर्दैन ??

0

चारदिशा सम्बाददाता


इन्डोनेसियली जेलमा रहेका नेपालका बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
यी पाँचजना नागरिकहरूको जीवन रक्षाका लागि यथाशीघ्र कुटनीतिक पहल गर्न इन्सेकले भनेको छ । नेपालले मृत्युदण्ड उन्मूलन घोषणामा हस्ताक्षर गरेकाले यो सरकारको नैतिक दायित्व पनि हो, इन्सेकको वक्तव्यमा भनिएको छ ।
सन् २०१३ भन्दा अघिल्ला पाँच वर्षसम्म इन्डोनेसियामा कुनै पनि अपराधमा मृत्युदण्ड दिने गरिएको थिएन । हाल आएर पुनः यस्तो दुःखद् अभ्यास शुरु गरिएकोमा स्थानीय मानवअधिकार संस्थाहरूले पनि विरोध जनाउँदै आएका छन् ।
आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको घटनाको विरोधमा ब्राजिल र नेदरल्याण्डले आ–आफ्ना राजदूत फिर्ता बोलाइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.