राम घलेले गरे “आफ्नो विद्यालय आफै बनाऔं” अभियान प्रारम्भ

0

मान्वु, गोरखा,

भवानी उच्च मा.वि., मान्वुका भूू.पू. विद्यार्थी राम घलेले गतवर्ष वैशाखमा भूकम्पबाट क्षतिग्रस्त भएको विद्यालयको पुर्ननिर्माणका लागि “आफ्नो विद्यालय आफै बनाऔं” अभियानको प्रारम्भ गर्दै रु. पाँच लाख विद्यालयका प्रधानाध्यापक काजीराम कार्कीलाई एक समारोहका वीच हस्तान्तरण गरेका छन् । समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश लाछिाने, व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक एवं विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विनासकारी भूकम्प पश्चात् बेल्जियमनिवासी सफल व्यवसायी राम घलेले भूूकम्प गएको १२ घण्टा भित्र नगद १ लाख सहयोग गरी भूूकम्पपीडितहरुलाई तत्काल राहत दिएको स्थानीय भूूकम्पपीडित ओम घलेले समारोहमा मन्तव्यका क्रममा स्मरण गरे ।

समारोहमा मन्तव्य दिदै व्यवसायी राम घलेले विद्यालय पुर्ननिर्माणको लागि आफुले “आफ्नो विद्यालय आफै बनाऔं” अभियान यस समारोहबाट नै उद्घोष गरेको वताउदै भवानी उच्च मा.वि., मान्वुबाट अध्ययन गरी देश विदेशमा व्यपार, व्यवासाय, रोजगार गरी वस्नुभएका सम्पूर्ण भूूतपूर्व विद्यार्थीहरुलाई विद्यालय पुर्न निर्माणको लागि हार्दिक आव्हान गरे । सानो सानो सहयोगले नै ठूलो सहयोगको रुपधारणा गर्ने हुँदा सरकारको मुख नताकी हामी भूतपूर्व विद्यार्थीले सहयोग गरेमा विद्यालय पुर्ननिर्माणको लागि प्रर्याप्त हुने धारणा राख्दै भविष्यमा अझ विभिन्न खाले सहयोग गर्ने आश्वासन दिए ।

विनासकारी भूकम्पपश्चात् विद्यालय पुुर्ननिर्माणका लागि विभिन्न व्यक्तिहरुले व्यक्तिगत रुपमा सहयोग गरेता पनि यसरी अभियाननै आव्हान गर्दै सहयोगको लागि अभियान थालेको भूूकम्पबाट अति प्रभावित जिल्ला गोरखामा पहिलो पटक हो । वर्षौ देखि एस.एस.सी. मा उत्तीर्ण व्याचका विद्यार्थीहरुले यस अभियानलाई साथ दिएमा विद्यालय पुर्ननिर्माण लगायत विद्यालयको भौतिक, शैक्षिक पूर्वाधार मतवुुत रहने विश्वास एवं उत्साह सहभागी सवैको रहेको छ । साथै उक्त अभियानले भूकम्पबाट प्रभावित नेपालका सम्पूर्ण जिल्लामा र सरकारी तहमा समेत प्रभाव पार्ने कार्यक्रम सहभागी पत्रकारहरुले विश्लेषण गरेका छन् ।

Leave A Reply

Your email address will not be published.