म्याग्दीमा फ्री वाइफीकालागी बेल्जियममा र्न्रित्य प्रतियोगिता

0

चारदिशा सम्बाददाता बेल्जियम

मोना बेल्जियमले सधैंंझै पर्वकै रुपमा युरोप स्तरिय न्रित्य प्रतियोगिता सम्पन्न गरेको छ । बेल्जियमको आन्थ्रोपेन शहरमा नेपाली दुताबासका मिनिस्टर काउन्सिलर घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रथम, द्दितिय र तृतिय क्रमस: सरिना पौडेल, ज्योती भट्ट र संम्झना कार्की भएका छन । अन्य सहभागि हरुमा रोहन केसी रक्षा गुरुङ, मिग्मा शेर्पा , दिब्या भण्डारी , सुस्मिता गिरी , सलोनी गुरुङ , रस्किन दाहाल र प्रियान्का घले थिए ।

म्याग्दिका गाऊँ वस्तिमा ईन्टरनेट सेवा सूविधा पुर्याउनका लागि सहयोग जुटाउन तथा नेपाली लोक गीत संगीतको संवर्द्धन गर्न मोना वेल्जियमको आयोजनामा भएको उक्त प्रतियोगितामा स्पेन, जर्मन र पोर्टुगल नेदरल्याण्द लगायतका देशबाट नचनेहरुले भाग लिएका थिए ।

प्रत्येक बर्ष आफ्नो बेल्जियम डान्स अाइडल् छान्ने मोनाको उक्त प्रतियोगितामा यो बर्षको लागि कार्यक्रमबाट जम्मा भएको रकम म्याग्दीमा फ्री वाइफी सन्चालन गर्ने योजना रहेको छ ।
प्रतियोगितामा प्रथम, द्दितिय र तृतिय हुनेहरुको लागि राखिएको पुरुस्कारको प्रायोजकहरु क्रमश एन आर एन ए अन्तरराष्ट्रिय सचिब अर्जुन कुमार श्रेष्ठ,ब्यबशायी कमल भारती र नेपाली ब्याबशायी संघका अध्यक्ष सिपी भट्ट रहेका छन ।

कार्यक्रममा कलाकार संघ बेल्जियमकी अध्यक्ष पार्वती अधिकारी , उत्तम सिंह बिक र सन्तकुमार मगरले निर्णायकको भूमिका निभाउनु भएको थियो भने कार्यक्रम सन्चालन सोफिया महर्जन कार्की र बिबेक कार्कीले गर्नु भएको थियो ।

यस् अघि औपचारिक कार्यक्रममा गैर आबसीय नेपाली संघ बेल्जियमका अध्यक्ष गगाधर गौतम , आईसिसी सचिब अर्जुन कुमार श्रेष्ठ, नेपाली दुताबास बेल्जियमका मिनिस्टर काउन्सिलर घनश्याम भण्डारी , शिव बरुवाल , घनश्याम शाही लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । संस्थाका अध्यक्ष चन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन महासचिब योगेन्द्र बिकले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.