ब्रसेल्स विमानस्थल आजदेखि सञ्चालनमा

0

ब्रसेल्स । आतङ्कवादी हमलापछि उडान नगरेको ब्रसेल्स विमानस्थलले आइतबारदेखि विमानस्थललाई पुनः सञ्चालनमा ल्याउने भएको उक्त विमानस्थलका कार्यकारी प्रमुख अरनाउद फेइस्टले बताउनुभयो । ब्रसेल्सको विमानस्थल तथा एक मेट्रो स्टेसनमा इस्लिामक समूह (आइएस) ले १२ दिन पहिले गरेको आक्रमणमा परी करिब ३५ जनाले ज्यान गुमाएपछि अनुसन्धान तथा विमास्थलको सुरक्षा स्थितिलाई मनन गर्दै त्यहाँबाट उडान सञ्चालन भएको थिएन ।
विमानस्थलबाट भोलि मात्रै तीन विमानले उडान भर्ने बताउँदै फेइस्टले भन्नुभयो सेवालाई क्रमशः बढाइँदै लगिनेछ । अवरुद्ध उडान सेवा आंशिक रुपमा भए पनि सञ्चालन गरिनुलाई अब सेवालाई नियमित बनाइने सङ्केतका रुपमा बुझ्न, उहाँले सम्बद्ध सबैमा आग्रह गर्नुभयोे ।
आइतबार ब्रसेल्सबाट एथेन्स, टुरिन र फारोका लागि उडान भरिने विमानस्थल प्रशासनले बताएको छ । यसैबीच फ्रान्सको पेरिस आक्रमणमा संलग्न भएको आरोप बेल्जियमले वाइए नामधारी ३५ वर्षीय एक व्यक्तिलाई लगाएको सङ्घीय न्यायाधीकारीले बताउनुभएको छ । उनी फ्रान्स आक्रमणमा संलग्न भएका मानिएका तेस्रो बेल्जियन नागरिक हुन् । तर उनको बारेमा विस्तृत विवरण उपलब्ध गराइएको छैन ।
बेल्जियमले पेरिस आक्रमणमा संलग्न भएको आरोपमा अवेरामेन ए र रावेह एमलाई यसअघि नै पक्राउ गरी छानबिन अघि बढाइएको छ । आक्रमणको मुख्य योजनाकार रेडा क्रिकेट भएको आशङ्कामा गएको हप्ता पेरिस नजिकैबाट उनलाई पक्राउ गरिसकिएको छ ।

Leave A Reply

Your email address will not be published.