विष्ट निलम्बित

0

वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टीका सहअध्यक्ष केशरबहादुर विष्टलाई पार्टीको हित र अनुशासन विपरीत कार्य गरेको जनाई तीन वर्षका लागि निलम्बन गरेको छ । पार्टीको यहाँ सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विष्टलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीले राससलाई बताउनुभयो । बिहीबारदेखिसुरु भएको बैठकमा सहअध्यक्ष विष्टको सहभागिता नरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.