ब्रसेल्सको मेट्रो स्टेशनमा भएको बिस्फोटमा परी ११ जनाको मृत्यु

0

चारदिशा सम्बाददाता बेल्जियम ,

बेल्जियमको रहेको मालबिक ब्रसेल्सको मेट्रो स्टेशनमा भएको बिस्फोटमा ११ जनाको मृत्यु भएको छ। बेल्जियमको प्रशारण संस्था भिटिएमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले युरोपियन युनियनको मुख्यालय नजिकको मालबिक मेट्रो स्टेशनमा भएको बिस्फोटमा ११ जनाको मृत्यु भएको जनाएको छ।

आज मात्र केहि छिन अगाडी ब्रसेलसको अन्तररास्ट्रीय बिमानस्थल नजिक दुई वटा बम बिस्फोट भएका थिए। बिस्फोटमा कम्तिमा १३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। मृतकको संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.