ब्रसेल्स आक्रमणकारीको डिएनए पेरिसमा भेटियो

0

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थलमा आत्मघाती बम विस्फोट गराउने एक आक्रमणकारीको डिएनए पेरिसमा भेटिएको खबर छ । गत मंगलबार ब्रसेल्सको जवेन्टम विमानस्थलमा आत्मघाती आक्रमण गर्ने नाजिम लाचाराओइको डिएनए गएको नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणस्थलमा भेटिएको बेल्जियमका अधिकारीले बताएका हुन् ।
आक्रमणमा संलग्न भएको आरोपमा ब्रसेल्समा थप तीन जना पक्राउ परेपछि बेल्जियमका अधिकारीले विमानस्थलमा आत्मघाती विस्फोट गराउने दोस्रो व्यक्तिको नाम सार्वजनिक गर्दै उसको डिएनए पेरिसमा भेटिएको जनाएका हुन् ।
बेल्जियम, जर्मनी र फ्रान्समा गरी अहिलेसम्म आक्रमणमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरिएको छ । गत मंगलबार ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेशनमा गाइएको विस्फोटमा ३१ जना मारिएका थिए ।
जवेन्टम विमास्थलमा ब्राहिम अल बकारु र लाचाराओईले आफैलाई बिस्फोट गराएका थिए । यस्तै मेट्रो स्टेसनमा खालिद अल बकारुले विस्फोट गराएका थिए ।

Leave A Reply

Your email address will not be published.