सभामुखको पत्रमा कानुनविद् विभाजित

0

काठमाडौं । कानुनविद्हरु सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिको सिफारिस पुनः न्यायपरिषद्मै फिर्ता गर्न सभामुख ओनसरी घर्तीमगरले पठाउनुभएको पत्रको पक्ष-विपक्षमा उभिएका छन् । यहाँ आज आयोजित कार्यक्रमका वक्ताले देशको न्याय सम्बन्धमा राजनीतिक लाभहानिका कारण आफू अनुकूलको व्याख्या हुने गरेको भन्दै एकअर्कासँग प्रतिवाद गरेका हुन् ।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले न्यायपरिषद्मा ४० प्रतिशत सदस्य रिक्त रहेको अवस्थामा ६० प्रतिशतले मात्र सिफारिस गर्नु गलत भएको बताउनुभयो ।
कानुनज्ञाता रामनारायण बिंडारीले सभामुखले लेखेको पत्रलाई कुनै राजनीतिक दलले लेखेको पत्र जसरी प्रचारप्रसार गरिएको गुनासो गर्दै न्यायपरिषद् कायम रहेकाले उहाँको कदम कानुनसम्मत भएको बताउनुभयो ।
न्यायपरिषद्का पूर्वसदस्य खेमनारायण ढुङ्गानाले यो समस्या संवैधानिक कारणले आएको बताउँदै संविधान संशोधन गरेर भए पनि तत्काल समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । संसदीय सुनुवाइ पक्रियाका लागि पठाइएको ११ जना न्यायधीशको सिफारिसलाई गत आइतबार सभामुख घर्तीले परिषद्मै फर्काउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.