अस्थिरता राजनीतिले राष्ट्र संकटमा : शंशाक

0

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री डा. शशांक कोइरालाले अस्थिर राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन् । महाराजगञ्जस्थित निवासमा विहीबार बिहान नेपाल विद्यार्थी संघको बधाइ तथा शुभकामना ग्रहण गर्दै उनले अस्थिरताको राजनीति रहिरहे राष्ट्र नै संकटमा पर्ने खतरा औंल्याए ।
‘अस्थिरताको राजनीति हामी कसैले गर्नुहुँदैन । गाउँ–नगरको विकासका लागि स्थिरता चाहिन्छ । जबसम्म राजनीतिक र सामाजिक स्थिरता आउन सक्दैन तबसम्म मुलुकको विकास हुँदैन, त्यसैले मुलुकको सम्बृद्धिमा युवापुस्तालाई समाहित गरिनुपर्छ’–महामन्त्री कोइरालाले भने । उनले राजनीतिक र सामाजिक परिवर्तनका लागि कटिबद्ध नेविसंघले शैक्षिक मुद्दालाई अघि बढाएर युवापुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
महामन्त्री कोइरालाले पार्टीकोे जुझारु संगठन नेविसंघको महाधिवेशन लामो समयसम्म नहुनु दुर्भाग्य हो भन्दै कांग्रेस केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो एजेन्डाकोरुपमा महाधिवेशन प्रक्रियालाई प्राथमिकता दिइने प्रस्ट पारे ।
नेविसंघका अध्यक्ष रञ्जित कर्णले लामो समयदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुननसक्दा नेतृत्व विकास र शैक्षिक आन्दोलन कमजोर बनेको बताउँदै स्ववियु निर्वाचन र नेविसंघको निर्वाचनको पहलकदमी गरिदिन महामन्त्रीसमक्ष आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.