कांग्रेस केन्द्रीय सदस्यमा पुरानैको अनुहारको बाहुल्यता

0

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पुरानै अनुहारको बाहुल्यता रहने संकेत देखिएको छ । २५ पदका लागि ९० जनाले उम्मेदवारी दिएको खुलातर्फको मतगणना बुधबारदेखि सुरु गरिएको हो । बुधबार साँझ सय मत गन्दा पुराना र चर्चित नेताहरु नै अगाडि देखिएका छन् । विगतमा आमन्त्रित केन्द्रीय सदस्य भएका प्रदीप पौडेल सबैभन्दा लोकप्रिय देखिए । उनीले पुराना हस्तीहरुलाई पछि पार्दै सबैभन्दा बढी ६६ मत ल्याएका छन् । त्यसपछि प्रकाशमान सिंह, खुमबहादुर खड्का, शेरख कोइराला, विमलेन्द्र निधिलगायत अगाडि रहेका छन् । साँझ ७ बजेसम्म मत गनेपछि भोलिसम्मका लागि स्थगित गर्ने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार खुलातर्फको मतगणनापछि क्रमशः अन्य पदको मतगणना गरिने छ । महाधिवेशनबाट पार्टीको सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसक्नुभएको छ । पदाधिकारीको परिणामले ३३ प्रतिशत महिलाको प्रतिनिधित्वसमेत सुनिश्चित गरेको छ ।
निर्वाचनमा आरक्षणतर्फ छ महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रत्येका प्रदेशमा हुने दुई÷केन्द्रीय सदस्याका लागि प्रदेश नं १ मा १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा सात जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्यका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुईका लागि १२, दलित तीनका लागि २०, दलित महिलातर्फ दुईका लागि पाँच, मधेसी आरक्षणतर्फ तीनका लागि १५ र मधेसी महिलाका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छ जना उम्मेदवार मैदानमा हुनुहुन्छ ।
अग्रस्थान प्राप्त गर्नेहरू
प्रदीप पैडेल ६६
प्रकाशमान सिंह ६१
खुमबहादुर खड्का ६१
शेखर केइराला ६०
विमलेन्द्र निधि ५७
पूर्णबहादुर खड्का ५६
मिनेन्द्र रिजाल ५६
महेश आचार्य ५५
सुजाता कोइराला ५४
प्रदीप गिरि ५२
बालकृष्ण खाँड–२८
धनराज गुरुङ–२७
गोपालमान श्रेष्ठ–२५
चन्द्र भण्डारी–२५
प्रकाशशरण महत–२५
बद्री पाण्डे–२५
बलबहादुर केसी–२५
उदय शमशेर–२५
पूर्णबहादुर खड्का–२४
जिपछिरिङ शेर्पा–२२
एनपी साउद–२२
गोविन्द पोखरेल–२१
विश्वप्रकाश शर्मा–२१
शंकर भण्डारी–२१
केबी गुरुङ–२१
अशोक कोइराला–२०

Leave A Reply

Your email address will not be published.