विगतका सहमतिमा प्रतिबद्ध रहन काँग्रेससँग प्रमको आग्रह

0

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका सहमतिमा प्रतिबद्ध रहन नेपाली काँग्रेससँग आग्रह गर्नुभएको छ ।
जिविस झापाको २४औँ जिल्ला परिषद्बाट स्वीकृत नीति, बजेट तथा कार्यक्रमको आज यहाँ सार्वजनिकीकरण गर्दै उहाँले मुलुकको समस्यालाई संवाद र छलफलबाट समाधान गर्न सकिने स्पष्ट गर्नुभयो ।
अर्काे प्रसङ्गममा उहाँले उद्योग स्थापना, कृषिको आधुनिकीकरण र व्यावसायीकरणले मात्र उत्पादन बढ्ने र यसैको माध्यमबाट बजेट घाटा न्यूनीकरण गर्न सकिने बताउँदै एक वर्षभित्रमा विद्युत्भार कटौती अन्त्य गरी दुई वर्षमा नेपाललाई चाहिने विद्युत् उत्पादन गरिने जिकिर गर्नुभयो ।
सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जिविसले विकास योजना तर्जुमा गर्दा जिल्लामा सन्तुलन कायम राख्नुपर्ने तथा सहमति र सहकार्य अवधारणालाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकासराज्यमन्त्री कुन्ती शाहीले संविधान निर्माणमा प्रमुख राजनीतिक दलले देखाएको सक्रियता कार्यान्वयनमा पनि देखाउनु आवश्यक छ भन्नुभयो । सो अवसरमास्थानीय विकास अधिकारी खेमराज ओझाले अगामी आवका लागि रु पाँच अर्ब ९७ करोड छ लाख ७६ हजारको बजेट सार्वजनिक गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.