बेल्जियमको डाक्टरहरू मिसन नेपाल २०१६ को लागि प्रस्थान गर्दै

0

केजिन राई अन्ट्रोपेन बेल्जियम , फेब्रुअरी २७ ।

बेल्जियम स्थित गैर सरकारी सस्था फ्रम पिपुल टु पिपुल पुन: मिसन नेपाल २०१६ कार्यक्रम लिएर नेपाल जाने निर्णय गरेको छ । यसै हप्ता कोन्टिच बेल्जियममा बसेको उक्त सस्थाको भेलाले तत्काल नेपाल जाने र ४८ हजार युरो खर्च गर्ने निर्णय गरेको हो । सन २०१० बाट मुल रूपमा बेल्जियमका बिभिन्न हस्पिटलहरूमा कार्यरत मेडिकल डाक्टरहरूको सयुक्त प्रयासमा स्थापित सो सस्थाले नेपालमा गएको बिनासकारी महाभुकम्प पछि अप्रिल २०१५ मा सताईस जना मेडिकल डाक्टरहरूको टोलीले १५ दिन सम्म उद्दार, उपचार र सहयोग गरेको थियो । उक्त टोलीको नेपालको लागि सयोजन प्रख्यात ब्यबशायी गैर आबासीय नेपाली संघ बेल्जियमका महासचिब लोक दाहालले गर्नु भएको थियो ।

सस्थाको मुख्य कार्यालय कोन्टिच बेल्जियममा नेपाली पत्रकारहरूको टोलीलाई मानबीय सहयोगको निम्ती कार्यरत सो सस्थाले जानकारी दिदै तत्काल गोरखा र धादिङ जिल्लामा यो पटकमा ४८ हजार युरो खर्च गर्ने र अर्को पटक जग्गा खरिद गरी स्कूल र भबन बनाईदिनेछ । त्यस्को लागत २ सय हजार यूरो हुने र यो परियोजनाको अध्ययन पुरा हुन लागिसकेको सो सस्थाका अध्यक्ष डा. लुक बाउकरले बताएका छन । म्यान्मारमा समेत ४ सय शैयाको अस्पताल सन्चालन गरिरहेको ¨फ्रम पिपुल टू पिपुल ¨ सस्थाले मिसन नेपाल २०१६ भन्दा पूर्व विश्वभरका सन्कटमा परेका बिभिन्न मुलुकहरू हाईटी , चिली ,म्यान्मार , पाकिस्तान , भारत ,इन्डोनेसिया ,फिलिपिन्समा समेत मिसन सन्चालन गरिसकेको र गर्दैरहेको कुरा सस्थाका अध्यक्ष डा. लुक बाउटर अगाडी बताउनु हुन्छ ।

धादिङ र गोरखा जिल्लामा मात्र किन केन्द्रीत रहेको भन्ने नेपाली पत्रकारहरूको प्रश्नमा डा. बाउकर भन्नुहुन्छ ¨बिपत्ती र समस्यामा परेका नेपालका अन्य जिल्लाहरूबाट हामीलाई अफर आओस ,जनकारी आओस हामी हाम्रो क्षमताले भ्याएको मानबिय सहयोग गर्न कत्ती पनि कन्जुस्याई गर्ने छैनौ ।

¨ मुलत दैबीप्रकोप उद्दारको निम्ती बेल्जियमको प्रतिष्ठित सस्था ¨बी फास्ट ¨पछिको सम्मानित यो सस्था सरकारी तवरमा नै लडाईंमा रहेको नेपाल सयोजक लोक दाहाल बताउनुहुन्छ। स्मरणीय के छ भने सरकारी अनुदानमा चल्ने बेल्जियमको मुख्य बिपत्तिको लागि सहयोगी सस्था ¨ बी फास्ट ¨उद्दार टोलीलाई नेपालमा गएको बिनासकारी महाभुकम्प कै दोश्रो दिन नेपाल प्रस्थान गरेपनी काठमाण्डौ प्रबेश गर्न नेपाल सरकारले अनुमती दिएन । फलत केहीदिनको भारत बसाई पछी सो टोली बेल्जियम फर्केको थियो ।

सो टोलीका सदस्यहरूले बेल्जियम फर्केपछी राष्ट्रीय टेलीभिजनहरूमा संचारकर्मीहरूको प्रश्नको उत्तर दिदै नेपाल सरकारको रबैया नराम्रो र गलत रहेको बताए । उद्दार र सहयोग गर्छु भन्ने हामीलाई बेवास्ता गर्यो , भने । यती सम्मकी बेल्जिक उद्दार टोलीलाई नेपाल प्रबेश गर्न नदिएपछी यहाँका नागरिकहरूले ब्यापक रोष प्रकट गरे हेरेन्ट बेल्जियम बस्ने बेल्जिक नागरिक रोमिन कुनले यस सम्बाददाता सँग टेलिभिजनको नेपाल गएका टोलीको दुखेसो सुनेको बताउदै ¨ब्रेन नभएको नेपाल सरकार ! सहयोग गर्छु भन्दा हामीलाई तिरस्कार गर्ने ? अब हाम्रो नेपाल प्रती उर्लेको सहानुभूति मरेर गयो । हामी कत्ती पनि सहयोग गर्न तयार छैनौ अब । ¨ यसरी धेरै मानबिय सहयोगको ढोका बन्द भए पनि फ्रम पिपुल टु पिपुल सस्थाको सहयोगी मन पीडित नेपालीको दु:ख, पीडा र दर्दमा मल्हमको रूपमा काम गर्ने छ । नेपाल मिसनका सयोजन गर्ने लोक दाहाल अगाडी बताउनु हुन्छ ।

Leave A Reply

Your email address will not be published.