महाधिवेशन प्रतिनिधिले भेट्न थाले पौडेललाई

0

काठमाडौं । नेपाली कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले कार्यकर्ताको भावनाको कदर गर्दै आफूले पार्टीको सभापतिका लागि उम्मेदवारी दिन लागेको बताएका छन् । शनिबार राजधानीमा विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिसँग भेट गर्दै उनले पार्टीमा आफू विजयी भए सबै कार्यकर्ताको भावनालाई मूर्तरुप दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने–‘म काम गर्ने व्यक्ति हुँ, काम गर्न पद चाहिने भएकालेमात्र मैले पदका लागि सभापतिमा उम्मेदवारी दिएको छु, तपाइँहरु ढुक्क हुनुहोस्, म सबैको भावनालाई पूरा गर्नेछु ।’ नेता पौडेलले अहिलेको राष्ट्रिय दायित्व पूरा गर्ने जिम्मेवारी पनि आफ्नो काँधमा आएकाले उम्मेदवारी दिन आवश्यक रहेको प्रस्ट पारे ।
उनले ‘१३औं महाधिवेशनले पार्टीलाई नयाँ जीवन्तता दिने खालको नेतृत्व चयन गर्न सक्नुपर्ने भएकाले सबै प्रतिनिधिलाई कसैको दबाबमा नपरीकन जिल्लाबाट आउँदा जे निर्णय लिएर आउनुभएको छ त्यही निर्णयमा अडिग रहन’ आग्रह गरे । अहिले कांग्रेसकासामु आफ्नो पार्टीकोमात्र अभिभारा नभइ देशको विद्यमान परिस्थितिलाई सम्हाल्ने अभिभारा पनि थपिएकाले कांग्रेसको अधिवेशनले नयाँ सन्देश दिनुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.