इटालीमा कोइरालाको श्रद्धाञ्जलिसभा

0

रोम । जनसम्पर्क समिति ईटालीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोइरालाको तेर्हौ पुन्यतिथिको अवसरमा श्रद्धान्जली सभा सम्पन्न गरेको छ। रोममा सम्पन्न भएको कार्यक्रममा ईटालीवासी नेपालीहरुका साथै विभिन्न सामाजिक संस्थाका प्रतिनीधिहरुले कोइरालाको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धान्जलि अर्पण गरेका थिए।
कार्यक्रममा दिवंगत कोइरालाको संक्षिप्त जीवनी उल्लेख गर्दै गैर आवासीय नेपाली संघ ईटालीका सचिव रामहरी खकुरेलले उहाँको सादगीपना र प्रजातन्त्रको लागि गर्नुभएको त्याग कसैले भुल्न नहुने उल्लेख गरे। नेपाली  समाज रोमका अध्यक्ष देव गुरुङले कोइरालाको प्रधानमन्त्रित्वकालमा नै देशले संविधान पाएकाले नेपालीहरुले उहाँलाई सदैव स्मरण गरिरहने वताए।
प्रवासी नेपाली मन्च ईटालीका अध्यक्ष धर्मराज पाण्डेले कोइरालाको विचार र दर्शन अनुकरणीय रहेकाले सवैको लागि प्रेरणायायी रहेको वताए। अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष राम भण्डारीले जस्तो नाम त्यस्तै नै कोइरालाको छवि रहेको स्मरण गर्दै कोइरालाले देश र देशवासीलाई नयाँ दिशा दिएको उल्लेख गरे।
जनजाति महासंघका अध्यक्ष कमल गुरुङले दिवंगत कोइरालाप्रति श्रद्धान्जलि व्यक्त गर्दै उनको आत्माको शान्तिको कामना गरे। जनसम्पर्क समिति ईटालीका अध्यक्ष रमेशराज लामिछानेले कोइरालालाई संविधानका पिताको रुपमा चित्रण गर्दै देश र देशवासीलाई नयाँ उपहारको रुपमा संविधान दिएर गएका कोइराला नेपालीहरुको मनमस्तिष्कमा सदैव अमर रहिरहेने विश्वास व्यक्त गरे। कार्यक्रम संचालक जन सम्पर्क समितिका महामन्त्री दौलत साम्वाले पार्टि सभापति कोइरालाको राजनैतिक जिवनको चर्चा गरेका थिए।
कार्यक्रममा जन सम्पर्क समितिका उपाध्यक्ष राजन चापागाईँले शोक सभामा उपस्थित हुनुभएका सवैप्रति आभार व्यक्त गर्नुभएको थियो। श्रद्धान्जलि सभामा नेपाली राजदुतावास जेनेभावाट महामहिम राजदुत दिपक धिताल र ईटालीका लागि अवैततिक महावाणिज्यदुत पाओलो नुगारीले पठाएको शोक सन्देश वाचन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.