मोना बेल्जियमको अस्पताललाई सहयोग

0

म्याग्दी । जिल्ला अस्पताल म्याग्दीमा बेल्जियममा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले ६ लाख ५० हजारको लागत रहेको रगत परिक्षण गर्न प्रयोग हुने सिविश हेमाटोलोजी एनलाईजर मेसिनका लागि ३ लाख ६० हजार सहयोग गरेको हो । हिजो मंगलबार मोना बेल्जियमका पुर्व अध्यक्ष योगेन्द्र श्रेष्ठले एक कार्यक्रमका विच सहयोग हस्तान्तरण गर्ने अस्पतालले जनाएको छ ।
हरेक बर्ष बेल्जियममा  बिभिन्न परोपकारी कार्यक्रमहरु गरी जम्मा गरेको आर्थिक रकम लाई मोना बेल्जियम म्याग्दीमा बिभिन्न सामाजिक बिकासको काममा सहयोग गर्दै आइ रहेको छ । त्यस्तै यस बर्षको तिहारमा देउसी भैली खेलर संकलन गरेको रकम मध्य बाट म्याग्दी जिल्लाको अस्पतालमा उपकरण किन्न पठाउने निर्णय गरिएकोको कुरा मोना बेल्जियमका अध्यक्ष चन्द्र कार्कीले जानकारी गराउनु भएको छ ।
त्यस्तै मोना बेल्जियमले हरेक बर्ष  आफ्नो वार्षिकउत्सब तथा नेपाली नयाँ बर्षको अबसरमा नित्र्य प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रम गर्दै आइ रहेको छ उक्त कार्यक्रम गत बर्ष भुकम्प पीडित को सहयोगार्थ गरिएको थियो भने यस बर्ष म्याग्दी जिल्लालाई फ्री विफी जिल्ला बनाउने अभियानको सहयोगार्थ गरिने कुरा मोना बेल्जियमका संस्थापक अध्यक्ष शिव कुमार बरुवालले बताउनु भएको छ यसको लागि  यही अप्रिल ३ तारिकमा मोना बेल्जियमले नेपाल बाट कलाकारहरु बोलाएर भब्य सांस्कृतिक कार्यक्रम गर्नको लागि आबश्यक तयारी सुरु गरेको जानकारी प्राप्त भएको छ ।

Leave A Reply

Your email address will not be published.