तारा एयरको बेपत्ता विमान दुर्घटनाग्रस्त

0

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ । नाइन एनएएचएच विमान म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले पनि विमान सोही स्थलमा आगो लागेको अवस्थामा भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको बताए ।
पोखराबाट बिहान ७ बजेर ४७ मिनेटमा उडेको विमान ८ मिनेट सम्म सम्पर्कमा रहेपनि त्यसपछि भने सम्पर्क हुन नसकेको तारा एयरका प्रवक्ता भीमराज राईले जानकारी दिनुभयो । विमानमा २ बालबालिका सहित २० यात्रु र ३ जना चालकदलका सदस्य गरी २३ जना रहेका छन् । विमानमा पाईलट रोशन मानन्धर, कोपाईलट डिकेश नेमकूल र एयर होष्टेस रमा राउत छन् । यस्तै यात्रुमा दुई विदेशी नागरिक रलरसिद अहमद र म्याक्सु वाईन्जी, दुई बालबालिका सहित रेवती बराल, कृष्णलाल भट्टचन, लेप्साङ्ग लामा, बालकृष्ण निउरे, राजकुमार तामाङ्ग, मुक्तिनाथ बाँस्तोला, विनिता भट्टचन, कान्छा परियार, कमला थकाली, देवीजंग गुरुङ्ग, फेन्जोक गुरुङ्ग, दिलकुमारी गौचन, मोतीबहादुर केसी, पवित्रा केसी र लक्ष्मी हिराचन रहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । नाइन एनएएचएच विमान गएको सेप्टेम्बरमा मात्रै ल्याईएको र अत्याधुनिक प्रविधीयुक्त रहेको प्रवक्ता राईले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.