प्रधानमन्त्री ओली आज फर्किने

0

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो भारत भ्रमणको अन्तिम दिन आज मुम्बइका उद्योगी व्यवसायीको बैठकलाई सम्बोधन गर्नुभएको छ । । मुम्बईको औद्योगिक क्षेत्रको अवलोकन गरेका प्रधानमन्त्री ओलीले मुम्बईमा भारतका उद्योगी व्यवसायीको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आजै भारतीय कलाकारसँगको भेटघाट कार्यक्रम पनि तय गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । यसअघि हिजो प्रधानमन्त्री ओली भुकम्पपछि गुजरातको भुज, भीमसर र मुन्द्रामा निर्माण गरिएका भौतिक संरचनाको अवलोकन गर्नु भएको थियो । यसैबीच आफ्नो ६ दिने राजकीय भ्रमण पुरागरी प्रधानमन्त्री ओली बेलुकी स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री सहितको टोली बेलुकी सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल आईपुग्नु हुनेछ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगायतसंग भेटवार्ता गर्नु भएको थियो । भ्रमणका क्रममा विभिन्न सम्झौता समेत भएका छन ।

Leave A Reply

Your email address will not be published.