बागमति छेउछाउको टहरा भत्काइने

0

काठमाडौं । बानेश्वर सहयोगीनगर बागमती नदी किनार क्षेत्रमा महानगरपालिकाले तोकेको मापदण्ड विपरित बनाइएका केही भौतिक संरचना आज भत्काइएको छ । सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाईमा त्यस क्षेत्रमा आजैमात्र २२ वटा भौतिक संरचना भत्काइएको हो । बागमती नदीको पश्चिम किनारा क्षेत्रमा रहेका दुई वटा कलेजसहित विहार र रेष्टुरेन्ट पनि भत्काइएको छ । भिएस् निकेतन, पेन्टागन कलेज, विश्व शान्ति विहारलगायत निजी भवन र पर्खाललाई डोजरले गल्र्याम्म पारेको थियो ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा भत्काउने कार्यलाई तीव्र पारेको देखेपछि भत्काउन बाँकी घरका घरधनीले हाम्रो घर आफै भत्काउछौँ, केही समय दिनुस् भनी कबुल गरेपछि बाँकी भौतिक संरचना हटाउने काम रोकिएको थियो ।
मापदण्ड विपरित बनाइएका ती संरचना भत्काउन डोजर अघि बढिरहँदा केही स्थानीय व्यक्तिले प्रतिवाद गर्न खोजेपनि त्यो विरोधलाई कसैले समर्थन गरेको देखिदैनथ्यो । सरकारले सडक, नदी र सार्वजनिक जग्गा मिचेर नियमविरीत बनाएको संरचनालाई भत्काउने कार्यलाई केही सयमदेखि निरन्तरता दिँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.