प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच पुनःनिर्माणबारे छलफल

0

नयाँ दिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति भवनमा भेटवार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुबीच भूकम्पपछिको पुनःनिर्माण र भारतले उपलब्ध गराउँदै आएको सहयोगका विषयमा छलफल हुनाका साथै आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध पक्ष र विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिनुभयो । यसलगत्तै प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुँदै छ ।

Leave A Reply

Your email address will not be published.