दैलेखमा बिसी, लमजुङ कांगे्रसमा पौडेल

0

दैलेख । नेपाली काँग्रेसका निर्वतमान सभापति कृष्णकुमार बिसी पुनःदोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । साथै सचिवमा पनि भूपेन्द्र शाही पुनः निर्वाचित हुनुभएको छ । यस्तै कोषाअध्यक्षमा पूर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ ।
यता, लमजुङको तेह्रौँ जिल्ला अधिवेशनबाट सभापतिमा भेषबहादुर पौडेल निर्वाचित हुनुभएको छ । दोस्रो चरणको मतदानमा निकटतम प्रतिद्वन्द्वी डा टङ्कराज गुरुङलाई ३९ मत अन्तरले पराजित गर्दै पौडेल सभापतिमा चुनिनुभएको हो । कुल ६७१ मतमा पौडेलले ३५५ र निकटतम प्रतिद्वन्द्वी गुरुङले ३१६ मत प्राप्त गर्नुभएको थियो ।
दुई निर्वाचन क्षेत्र भएको लमजुङमा २४ जना महाधिवेशन प्रतिनिधिमा १६ जना संस्थापन पक्षका विजयी भएका छन् भने देउवा पक्षका आठ जनामात्र विजयी भएका छन् । जिल्ला कार्यसमितिको अधिकांश पदमा समेत संस्थापन नै बलियो देखिएको छ ।
जिल्ला कार्यसमितिको सचिवमा संस्थापनका हरि बराल विजयी हुनुभएको छ भने कोषाध्यक्षमा पनि संस्थापनकै श्रीकान्त घिमिरे निर्वाचित हुनुभएको छ । क्षेत्रीय सभापति र जिल्ला कार्यसमितिमा पनि संस्थापन पक्षकै बाहुल्यता छ ।
नेपाली काँग्रेस सल्यानको सभापतिमा संस्थापन पक्षका गणेश चन्द निर्वाचित हुनुभएको छ । सभापतिको निर्वाचनमा चन्दले २०७ मत प्राप्त गरी निर्वाचित हुनुभएको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।
उहाँका प्रतिस्पर्धी केशबहादुर विष्टले १८९ मत प्राप्त गर्नुभएको थियो । कुल ३९८ मत खसेकोमा दुई मत बदर भएको थियो । यसअघि भएको निर्वाचनमा संस्थापन पक्षकै चक्र देवकोटा सचिव र जुद्धबहादुर बुढाथोकी कोषाध्यक्ष पदमा निर्वाचित भइसक्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.