काङ्रेस प्रतिनिधि चयनमा बिबाद

0

   चारदिशा सम्बाददाता बेल्जियम ,

               नेपाली काङ्रेस पार्टीको महाधिबेशन आउन २ हप्ता मात्र बाँकी हुँदा संगठनको महामेलामा सहभागी हुनका लागि भएका प्रकृयाहरुका बारेमा बिबाद र अन्योल देखिएको छ । केही जिल्लाहरुमा सकृय सदस्यता सम्बन्धी बिबादले जिला अधिबेशन सम्पन हुन सकेका छैनन भने प्रबासमा पनि नेपाली जन संपर्क समितीबाट चयन भएर जाने तीन जना महासमिती सद्स्य सहित सात जना प्रतिनिधिहरुको चयन प्रकृयामा असहमती जनाउदै सकृय सदस्यहरुको छुट्टै भेलाहरु हुन थालेका छन ।

नेपाली काङ्रेसको बिधानमा जन संपर्क समितिले महधिबेशन प्रतिनिधि र महासमिती सदस्य चयन गर्दा कृयाशिल सदस्यहरुको भेला बोलाई सर्ब सम्मत गर्ने र नभए निर्वाचन प्रकृया द्वारा चयन गर्नु पर्ने ब्यबस्था भए पनि धेरै देशहरुमा सर्ब सम्मत प्रतिनिधि चयन भएकाले खासै बिबाद छैन ।

आकांक्षीहरु धेरै भएको र प्रकृयागत चयन पनि नभएको ठाउमा बिबादहरु सतहमा आउन थालेका छन । युरोपबाट प्रतिनिधित्व पाएका देशहरुमा बेल्जियम , बेलायत र पोर्तुगलमा बिबाद सार्वजनिक भएका छन । पोर्तुगलमा बिहीवार एउटा टिमको घोषणा भएको छ । जसमा लक्ष्मि प्रसाद सापकोटा , पूर्ण बहादुर हमाल, चिज कुमार तामांग, विनोद घिमिरे, भानु सापकोटा, शुशिल शर्मा गैरे,  सुरेन्द्र अमागाईलाई प्रतिनिधि तोकिएको  छ  भने बिहीवार नै बर्तमान सल्लाहकार सहित पूर्व उपाध्यक्षहरुले छुट्टै भेलाको आब्ह्वान गरेका छन ।

त्यसै गरी गत आईतवार महासमिती सदस्य र महाधिबेशन प्रतिनिधि चयन गरेको बेल्जियममा बिहीवार कृयाशिल सदस्यहरुको छुट्टै भेलाले अर्को महसमिती सदस्य र महाधिबेश्न प्रतिनिधिहरुको घोषणा गरेको छ । जन समपर्क समितिका संस्थापक अध्यक्ष ध्रुब पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलाको सभापतित्व १२ महाधिबशन प्रतिनिधि रहेकी जानकी गुरुङले गर्नु भएको थियो । सो भेलाले ध्रुबराज पौडेल, सुबाश जोशी , जानकी गुरुङ , उल्का घिमेरे , ,घनश्याम शाही ,    बिजय मल्ल , रण बहादुर घलेलाई चयन गरेको छ ।

   यस अघि कार्यसमितीले राम थापा , सिता सापकोटा , सुबाश जोशी , बलिराम झा , गंगाधर गौतम , सुबाश गुरुङ र कमल पन्थी क्रमश महासमिती सदस्य र महाधिबेशन प्रतिनिधि चयन भएको घोषणा गरेको थियो ।

बेल्जियममा प्रतिनिधि चयन प्रकृयामा सुरु देखिनै बिबाद देखिदै आएको थियो । प्रतिनिधि चयन कृयाशिल सदस्यहरुको भेला बोलाएर गर्नु पर्छ भनेर आफुहरुले सुरु देखि आवाज उठाउदै आए पनि नसुनिएकोले आफुहरुले केन्द्रको निर्देशन अनुसार भेला बोलाएको भेला आयोजक जानकी गुरुङले बताउनु भएको थियो ।

बेलायतमा भने सक्रिय सदस्यहरुको नामावली केन्द्रमा दुई छुट्टा छुट्टै समुहले बुझाएका थिए , केन्द्रले कृयाशिल सदस्यता स्वीक्रित गरेपनी प्रतिनिधिको चयनमा स्वत: बिबाद् देखिएको छ ।

dbdhrub1

Leave A Reply

Your email address will not be published.