प्रधानमन्त्री ओली नयाँदिल्लीमा

0

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली भारतको छदिने राजकीय भ्रमणका सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभयो । उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका राजदूत रणजित राय, प्रवासी नेपाली सङ्घका अध्यक्ष लोकनाथ भण्डारी, यहाँस्थित नेपाली दूतावासका अधिकारी र भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री ओली विश्रामका निम्ति अहिले राष्ट्रपति भवनमा हुनुहुन्छ । यहाँ रहँदा उहाँ सोही भवनमा रहनुहुनेछ । छैसट्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राजदूत उपाध्यायले आजै साँझ बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.