काँग्रेसको ४५ जिल्ला अधिवेशन सम्पन्न, कसको पक्कड बलियो ?

0

काठमाडौं । नेपाली काँग्रेसको १३औं महाधिवेशनको मिति नजिकिँदै गर्दा हालसम्म ४५ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । देशकै राजधानी रहेको काठमाडौं जल्लामा बुधबार अधिवेशन सम्पन्न भई सभापतिमा कृष्ण बानियाँ निर्वाचित भएका छन् ।
नतिजा आएका ४५ जिल्लामा ३१ संस्थापन निकट छन भने ९ देउवा पक्षका छन् । बाँकी ५ तटस्थ छन् । क्षेत्रीय तथा जिल्ला अधिवेशनहरुले संस्थापन पक्ष निकै बलियो देखिए पनि आसन्न महाधिवेशनमा उपसभापति तथा महामन्त्रीका आकांक्षीहरु धेरै देखिएका उनीहरुलाई मिलाएर लैजान कार्यबहाक सभापति रामचन्द्र पौडेललाई चुनौति थपिएको छ ।
काँग्रेसमा भागबण्डाको राजनीतिम अन्त्य गरी यसलाई चुस्त र गतिशील बनाउनु जरुरी रहेको बताउँदै आएका पौडेलले संस्थापनका साथै देउवा पक्षलाई समेच सन्तुलन गरेर लैजानुपर्ने बाध्यता छ । महाधिवेशनमा सभापतिको प्रमुख दावेदारका रुपमा देखिएका कार्यबहाक सभापति पौडेल र तीन पटक प्रधानमन्त्री खाइसकेका वरिष्ठ नेता शेरबहादुर देउवा चुनावी तयारीका लागि तीब्र प्रचारप्रसारमा लागेका छन् ।
देउवाले आफू वरिष्ठ नेता भएको र तीन पटक प्रधानमन्त्री भइसकेकोले अबको सभापति आफू हुनुपर्ने दावी गर्दै आएका छन् । तर विगतमा पार्टी फुटाएको र शाही कालमा प्रधानमन्त्री खान गएका कारण उनीलाई काँग्रेस नेता कार्यकर्ताले विश्वास गरिहाल्न गाह्रो मान्छन ।
विगतदेखि मध्यमार्गी विचार अंगाल्दै आएका कार्यबहाक सभापति पौडेलले आफ्नो छुट्टै गुट नबनाई काँग्रेसमा क्रियाशील रहँदै आएका छन् । आफ्ना समर्थकहरुलाई संरक्षण गर्न नसकेको आरोप उनीलाई लाग्ने गरे पनि काँग्रेसको विचारका लागि सबैभन्दा बढी सक्रिय रहने नेता भने पौडेल नै हुन ।
वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई आफ्नो राजनीतिक आधार बनाउँदै आएका पौडेलले संविधान निर्माणपछि सञ्चालन गरेको अभियान सफल भएको थियो । अभियानले उनको लोकप्रियता बढनुका साथै काँग्रेस नेता कार्यकर्ताको सदभाव बटुल्न उनी सफल भएका थिए ।
राजनीतिक योगदानका हिसावले देउवाभन्दा जेठा पौडेल मुलुकको अबको आर्थिक संवृद्धिको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताउँदै त्यसका लागि काँग्रेस पनि परिमार्जित हुनुपर्ने बताउँदै आएका छन् । त्यो परिमार्जन गर्न आसन्न महाधिवेशन सफल हुन्छ हुन्न हेर्न बाँकी छ ।

(क) संस्थापन
१.    पाँचथरः  नरेन्द्र केरुङ
२.    चितवनः जितनारायण श्रेष्ठ
३.    बर्दियाः संजय गौतम
४.    कालिकोटः हर्ष बहादुर बम
५.    झापाः उद्धव थापा
६.    सुनसरीः राजीव कोइराला
७.    भोजपुरः नन्दमणि राई
८.    पाल्पाः वीरबहादुर राना
९.    बैतडीः नरेन्द्रसिंह थापा
१०.    सुर्खेतः कमलराज रेग्मी
११.    धादिङः रमेश धमला
१२.    खोटाङः नरेशकुमार श्रेष्ठ
१३.    मुस्ताङः यन्जिना विष्ट
१४.    काभ्रेः मधु आचार्य
१५.    कास्कीः कृष्णबहादुर केसी
१६.    अर्घाखाँचीः विष्णुप्रसाद खनाल
१७.    गोरखाः हरिबहादुर घले
१८.    सिन्धुलीः उज्ज्वल बराल
१९.    तनहुँः वैकुण्ठ न्यौपाने
२०.    नवलपरासीः विष्णु लामिछाने
२१.    ताप्लेजुङः लीला बोखिम
२२.    जाजरकोटः दीपकजंग शाह
२३.    उदयपुरः विदुर बस्नेत
२४.    मुगुः खड्गबहादुर साही
२५.    नुवाकोटः जगदीशनर्सिङ केसी
२६.    कपिलवस्तुः सुरेन्द्रराज आचार्य
२७.    बैतडीः नरेन्द्र थापा
२८.    पर्वतः खिमलाल भुसाल
२९.    तेह्रथुमः गोविन्द ढुंगाना
३०.    काठमाडौंः कृष्ण (सबुज) बानियाँ
३१.    रोल्पाः अमरसिंह पुन

(ख) देउवा पक्ष
१.    मोरङः डिगबहादुर लिम्बू
२.    डडेल्धुराः कर्ण मल्ल
३.    मनाङः टेकबहादुर गुरुङ
४.    स्याङ्जाः कमल पंगेनी
५.    डोटीः प्रदीप देउवा
६.    ओखलढुंगाः प्रदीप सुनुवार
७.    रूपन्देहीः अब्दुल रज्जाक
८.    हुम्लाः दयापति रोकाया
९.    ललितपुरः मदन अमात्य

(ग) तटस्थ
१.    मकवानपुरः इन्द्रबहादुर बानियाँ
२.    धनकुटाः अग्नि पौडेल
३.    बाजुराः कविराज पण्डित
४.    डडेल्धुराः कर्ण मल्ल
५.     अछामः भरत स्वार

Leave A Reply

Your email address will not be published.