बेल्जियममा मनाइयो सोनाम ल्होछार

0

बेल्जियम । बेल्जियममा वसोबास गर्दै आएका नेपालीले ल्होछार भव्यरुपमा मनाएका छन् । तमाङ समाज वेल्जियमको आयोजनामा लूभेन स्थित ओन्स हाउसमा ल्होछार साझ भब्यताका साथ सम्पन्न भएको हो । नेपालली कलाकार लोक गायक जयनन्द लामाको बिशेष प्रस्तुति रहेको सो कार्यक्रममा कलकत्ते काईयो लगायत अन्य गीतले दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाएको थियो ।
लामासँगै बेल्जियममा रहेका स्थानिय नेपाली कलाकारहरुनैना तामाङ, देवी तामाङ, ईना लामा ,मिङमा डिकि शेर्पा, डिना लिम्बू, लिलियम थापा, प्रतिता तामाङ, जेनिशा तामाङ, दिपिका केसी, दिक्ष्या गुरुङ, सोलानी गुरुङ, सम्झाना कार्की, विक्कि मल्ल ,प्रबेश गुरुङ र याना वाईबाले तामाङ सेलो बेजोड निर्त्यले दर्शकहरु मनमोहक भएको थियो । साथमा कृतिका मगर र अर्जुन शाहीको सुमधुर स्वरले थप आकर्षण बनाएको थियो ।
२८५२ सोनाम ल्होछार बादर बर्षको औपचारिक कार्यक्रम समाजका अध्यक्ष राम लामाको सभापतित्वमा प्रमुख अतिथी नेपाली राजदूताबास ब्रसेल्सका कार्यबाहक राजदुत घनश्याम भण्डारीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बिषेश अतिथी नेपाल तामाङ घेदुङका प्रमुख सल्लाहकार जय नन्द लामाले तामाङहरुको कला र सस्कृतिबारे प्रष्टाएका थिए ।
एनआरएनए केन्द्रिय सचिव अर्जुन श्रेष्ठ,आदिवासी जनजाति महासंघ बेल्जियमका उपाध्यक्ष मुना राई,एन आर एन बेल्जियमका अध्यक्ष गङगा गौतमले शुभकामना मन्तब्य दिएका थिए भने स्वागत मन्तब्य समाजका सल्लाहकार जित लामा र सन्चालन महासचिव जोगमान तामाङले र सांस्कृतिक कार्यक्रमको सन्चालन सल्लाहाकार चन्द्र ब्लोनले गरेका थिए ।
समाजको निमन्त्रणा स्विकार्दै गैर अावासीय नेपाली सघका केन्द्रीय युरोप सह संयोजक प्रेम गुरुङ ,आईसीसी सदस्य जानकी गुरुङ विभिन्न जातिय सङगठन शेर्पा किदुङका अध्यक्ष सोनाम शेर्पा , तमु समाजका अध्यक्ष जिबन गुरुङ ।नेपाल पत्रकार माहासघका अध्यक्ष केजिन राई, ब्यबसायी संघका अध्यक्ष सि पि भट्ट ,सिक्लेश पार्चे कल्याण कोषका अध्यक्ष चोक राज गुरुङ ,लगायत बेल्जियमबासी नेपालीहरुको उत्साहजनक उपस्थितका साथ भब्य र सभ्यरुपले कार्यक्रम सम्पन भयो।
बिहान ५ बजे सम्म चलेकेा डिजे संगीतको संयोजन लुभेन नेपाल पत्रिकाका सम्पादक द्दय नबराज थापा र डोल्मा साटवेले गरेका थिए ।
यूरोप टुरमा रहेका बरिष्ठ गायक तथा संगीतका प्राध्यापक जयनन्द लामाले पोर्चुगल, फ़्रान्समा समेत सांगीतिक साँझमा प्रस्तुत हुनेंछन । गायक तथा प्राध्यापक लामाले नयाँ पुस्ताका बेल्जियमवासी नेपालीलाई लोक संगीतबारे प्रबचन र प्रशिक्षण दिनेछन्।

Leave A Reply

Your email address will not be published.