केन्द्रको पत्रले बिबाद चुलिदै

0

 

                        jss jss1नेपाली काङ्रेसको तेह्रौ महाधिबेशनको तयारीका   लागि संगठनका बिभिन्न इकाईहरुमा चुनाबी प्रतिस्पर्धा भैरहेका छन । देशमा धेरै जिल्ला अधिबेशनहरु सम्पन्न भैसकेका छन भने बाँकी पनि सम्पन्न हुने क्रममा छन । केन्द्रीय नेत्रित्वका आकाँक्षीहरु अधिबेशनबाट निर्बाचित भएर आएका प्रतिनिधिसँग संपर्क गरेर भोट्को लागि सहयोग मागीरहेका छन । यो क्रम बिदेशमा कृयाशिल नेपाली काङ्रेसको प्रबासी संगठन ‘नेपाली जनसंपर्क समितीमा’ पनि जारी छ । संसारका उदाहरणीय प्रजातान्त्रिक पद्धती भएका मुलुकमा बसेर त्यहीको नियम र पद्धती अनुसार आफ्नो दैनिक जीबन चलाई रहेका झन्डै सात दशक पुरानो पार्टीका प्रबासका सदस्यहरुको संगठन चलाऊने ताल भने नेपालको भन्दा खासै फरक छैन ।

नेपालमा आफ्नो उर्जाशील जवानी पार्टीको बिस्तार र बिकासमा लगाएका कार्यकर्ताहरु बिदेशमा गुट उपगुटको स्वार्थमा टिक्न नचाहेर पलायन भएका छन । सङ्गठनको प्रजातान्त्रिक चरित्रलाई नसुहाउने प्रकृयाको कृयान्वयन गर्न हुने होडबाजीले संगठनका साथै नेपाली समुदायलाई पनि सधैं तनाब दिने र सामाजिक अभियानबाट बित्रिष्ण बनाउने काम भैरहेका छन । संगठन र नेताहरुलाई आफ्नो अनुकुल बनाउन गरिने हर्कतहरु त कहिलेकाही लाज शरमको हदबन्दी पार गरेर पनि अगाडि पुग्छन ।

पार्टीको मुल्याङ्कन पद्धती कमजोर रहेको, सुधार चाहने भन्दा भद्रगोलमा आफ्नो फाईदा देख्नेहरुको पकडमा संगठन रहेका ठाउँहरुमा धेरै बिबाद देखिने गरेको छ ।

बिबादको समाधानका हुने केन्द्रको हस्तक्षेप पनि झन ठुलो  बिबाद्को कारण हुने गर्दछ । बेल्जियम लगायतका केही देशहरुमा केन्द्रिय कार्यालयका मुख्य सचिब ॠषिकेश तिवारीले हस्ताक्षर गरेर पठाएका दुई थरी पत्रले झन समस्यालाई उल्झाउने काम गरेको छ । दुई दिनको अन्तरालमा पठाएका पत्रलाई आफ्नो अनुकुल व्याख्या गर्ने र सोही अनुसार प्रतिनिधि चयन गरेको बताउन थालिएको छ ।

महासमिती र महाधिबेशन प्रतिनिधिहरु चयन् गर्दा कृयाशिल सदस्यहरुको भेला गराइ सर्बसम्मत वा कृयाशिल सदस्यहरुले निर्बाचित गरेका ब्यक्तीलाई प्रतिनिधि बनाउनु भन्ने जनसंपर्क समितिको बिधान र केन्द्रले समितीलाइ मान्यता दिदा प्रष्ट रुपमा निर्देशन गरेको भए पनि कृयाशिल सदस्यको अधिकार कार्यसमितीले प्रयोग गरेकोले बिबाद बढाएको देखिन्छ ।सर्ब सम्मत भएका बाहेकका देशमा असन्तुष्टिको मुख्य कारण कार्यसमितिको निर्णयलाई लिइेको छ ।

अधिबेशनमै सर्ब सम्मत प्रतिनिधि छानेको जर्मनीले केन्द्रको पत्र प्राप्त भए पछी कृयाशिल सदस्यको भेला बोलाई सकेको छ । पोर्तुगलमा संस्थापक अध्यक्ष्य र  अध्यक्षलाई सर्ब सम्मत गरिए पनि बाँकी कसरी छान्ने भन्नेमा बिबाद देखिएको छ । स्पेन र नेदरल्यान्डमा सर्बसम्मत भैसकेको छ भने बेल्जियममा कृयाशिल सदस्यको भेलाबाट चयन गरिनु पर्ने र कार्यसमितिबाट गरिनु पर्छ भन्ने लामो बिबाद र छलफलका बिच कार्य समितिले चयन गरेकोलाई स्वीकार्न नसकिने र बिधान बिपरित भन्दै अर्को पक्षले कृयाशिल सदस्यहरुको भेला बोलाएको छ ।

जनसंपर्क समिती बेल्जियमको केही दिन देखि शान्त देखिएको माहोल केन्द्रको अधिबेशनको संघारमा आएर तरँगित भएको छ ; यसले बेल्जियमको सामाजिक गतिबिधीमा फेरी समस्याको बहार ल्याउने निष्चित छ ।

Leave A Reply

Your email address will not be published.