काठमाडौं काँग्रेसमा बानियाँ

0

काठमाडौं । नेपाली काँग्रेस काठमाडौँको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित हुनुभएको छ । आज भृकुटीमण्डपमा सम्पन्न जिल्ला अधिवेशनबाट बानियाँ निर्वाचित हुनुभएको मतदान अधिकृत सर्वज्ञराज नायलेले जानकारी दिनुभयो । कुल खसेको एक हजार २२२ मतमध्ये बानियाँ ६५३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी भीमसेनदास प्रधानले ५६५ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै, सचिव र कोषाध्यक्षमा बानियाँ समूहकै राजकुमार नकर्मी र गोविन्द पुडासैनी निर्वाचित हुुनुभएको छ । नकर्मीले ६६९ र पुडासैनीले ६४९ मत प्राप्त गर्नुभएको हो ।

Leave A Reply

Your email address will not be published.