प्रम फागुन ७ गते भारत जाने

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा फागुन ७ गतेदेखि १२ गतेसम्म भारतको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग आपसी हितका विषयमा औपचारिक वार्ता गर्नुहुनेछ । उहाँले भारतका राष्ट्रपति तथा उपराष्ट्रपतिसँग पनि भेट गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले भारत सरकारका मन्त्री तथा विभिन्न राजनीतिक दलका नेतासँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री ओलीले नयाँदिल्लीमा रहँदा भारतीय व्यापारिक समुदायसँग अन्तक्र्रिया गर्नाका साथै भारतीय विश्वमामिला परिषद्लाई सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछिको यो उहाँको पहिलो विदेश भ्रमण हो । भारतपछि उहाँ उत्तरी छिमेकी चीन जाने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.