सुरुङमार्ग भट्टको जिम्मामा

0

गैर आबासीय नेपाली संघका उपाध्यक्ष भबन भट्ट पूर्वधार बिकास कम्पनीको अध्यक्ष चयन भएका छन । हेटौंडा काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने उद्यस्य सहित स्थापना भएको यस कम्पनीको परियोजनामा गैर आबासीय नेपालीहरुको लगानी रहेको छ ।

यस अघि कुस कुमार जोशी अध्यक्ष रहेको उक्त कम्पनीले सुरुङ मार्गको निर्माण  समयमा सुरु गर्न नसकेको र अध्यक्षले उध्यस्य अनुसार काम गर्न नसकेको भन्दै लगानीकर्ताहरुमा असन्तुस्टी बढेको थियो । सरकार सँग बिगतमा भएको सम्झौता अनुसार जोशीले लगानी जुताउन नसकेपछी परीयोजना संकटमा थियो,  राष्ट्रिय आवश्यकताको परियोजना  भएको हुँदा सरकारले म्याद थप गर्दै आइरहेको थियो ।
चार वर्षअघि नै लगानी जुटाएर आयोजनाको वित्तीय व्यवस्थापन गर्न सरकारले निर्देशन दिएको भएपनि हालसम्म कम्पनीले भरपर्दो लगानी जुटाउन सकेको थिएन । आयोजना निर्माण गर्न ३५ अर्ब रुपैयाँ लाग्ने बताइएको छ ।
अध्यक्ष परिवर्तन भएसँगै निजी क्षेत्र, सरकार र स्थानीयहरुमा राम्रो संकेत मिलेको कम्पनीले जनाएको छ ।

 

‘लगानीकर्ताहरुले आग्रह गरेपछि अध्यक्ष पद स्वीकार गरेको हुँ,’ भट्टले आफ्नो  चयन पछि चारदिशालाई भने ‘चाँडोभन्दा चाँडो सुरुङमार्ग बनाएर देखाउँछु ।
विदेशी लगानीकर्तासँगको आफ्नो पहुँच पनि आयोजनामा लगानी जुटाउन उपयोग गर्ने उनले सुनाए । आयोजना डुब्छ भनेर संका नगर्न पनि भट्टले सबैलाई आग्रह गरेका छन ।
निजी क्षेत्रको लगानीले मात्रै आयोजना सम्पन्न गर्न नसकिने भएकाले सरकारलाई समेत सहभागि बनाएर अघि बढ्ने योजना रहेको भट्टले सुनाए ।
आयोजना निर्माणका लागि पुँजी जुटाउनु चुनौतिपूर्ण भए पनि अब सरकारकोसमेत सहभागितामा आयोजनालाई नयाँ ढंगले अघि बढाइने छ, भट्टले भने ।
विदेशी लगानीकर्तासँग आफ्नो पहुँच पनि आयोजनामा लगानी जुटाउन उपयोग गर्ने उनले सुनाए । खासगरी जापानबाट ठूलो विदेशी लगानी ल्याउन पहल गर्ने बताइएका छन  ।

Leave A Reply

Your email address will not be published.