तेरिया संगै नाच्यो बेल्जियम

0

चारदिशा, सम्बाददाता, बेल्जियम,

विश्व मगर महासंघ बेल्जियमले भब्य साँस्क्रितिक कार्यक्रम सहित माघे सँक्रान्ती पर्ब मनाएको छ । मगर समुदायको बिशेष पर्बको रुपमा यस पर्बलाई यस् समुदायले बेल्जियममा प्रत्येक बर्ष पाहुनाहरु र छोरी चेलीहरुलाई सम्मान,  भोजन एबम  साँस्क्रितिक खेलको रुपमा धनुले तीर हान्ने लगायत अन्य साँस्क्रितिक गतिबिधीहरु गर्दै मनाउने गरेको छ  ।
यस बर्षको बिशेष आकर्षणकी केन्द्र थिईन ,, डान्स ईन्डिया डान्स लिटिल मास्टर २०१४ कि बिजेता तेरिया मगर । न्रित्यकै लागि जन्मेकी भन्दा पनि हुने बिलक्षण  प्रतिभा भएकी यि बालिकाको नाच हेर्न बेल्जियमका हरेक शहरमा बस्ने नेपालीहरु जम्मा भएका थिए । आयोजकले ब्यबस्थापन गरे भन्दा बढी उपस्थिती भए पछी धेरै दर्शकहरु उभिएर बस्नु परेको थियो ।

आफुलाई DID litl मास्टरको उपाधी जिताउन बेल्जियमबासी नेपाली शुभ चिन्तकहरुले भोटिङ गरेर गर्नु भएको सहयोग प्रति आभारी हुँदै तेरियाले धन्यवाद दिएकी थिईन ।

कलाकार संघ बेल्जियमकी अध्यक्ष पार्वती अधिकारी लगायतका संघका पढाधिकारीहरुले तेरियालाई सम्मान गरेका थिए भने विश्व मगर संघले मायाको चिनो हस्तान्तरण गरेको थियो ।

”पोइला जाना पाम शिव भन्नेलाई मैले ल्याम्न पाम”  भन्ने प्रसिद्ध लोक गीतका गायक सुमन बुढामगर र सालाईजु कि गायिका लाली बुढाथोकीले पनि दर्शक हरुलाई निकै रमाइलो गराएका थिए  ।
यस अघि विश्व मगर संघ बेल्जियमका अध्यक्ष मार्के मगर र  लुभेन नगरपालिका कि SOCIAL ZAAKEN VAN WERK & STUDENTEN कि प्रमुख BIEKE VERLINDEN ले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य दिदै गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम, जनजाती महासंघ युरोपका उपाध्यक्ष बाबुराजा लामाले सामाजिक सद्भाब एकताका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनु भएको थियो ।

प्रमुख अतिथी VERLINDEN ले नेपाली समुदायको महत्वपूर्ण पर्बमा अंअन्त्रन गरेकोमा धन्यवाद दिदै नगरपालिकाको तर्फ बाट हुने नेपाली समुदाय विश्व मगर संघ बेल्जियमलाई सहयोग गर्न सधैं तयार रहेको बताउनु भएको थियो । हिमालयन प्रोजेक्टका अध्यक्ष PAUL VAN DE MOORTEL ले भुकम्पको बेला गरेको सहयोगको बारेमा जानकारी गरौदै नेपाली समुदाय सँग मिलेर काम गर्ने इच्छुक रहेको बताउनु भयो ।

बेलायत मगर संघका अध्यक्ष एबम नेपाली टिभीका निर्देशक बिजय थापा मगर , इटलीका मकर मगर , पोर्तुगलका होम मगर , गैर आबासिय नेपाली संघका सचिब अर्जुन कुमार श्रेष्ठ , महिला उपसन्योजक रजनी प्रधान, अाइसिसी सदस्य त्रय नेत्र मगर , चिज कुमार श्रेष्ठ , जानकी गुरुङ , क्याथोलिक युणिभर्सिटी लुभेनका एग्रीकल्चर डिपार्टमेन्टका प्रमुख प्रोफेसर EMANUAL ,,  KERUN VERENIGNING का EDDY GOEMANS ल्गायत बिभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधिहरु  उपस्थित रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष बिशाल मगरले पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रम सन्चालन दिलु पुन र कल्पना मगरले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.