नेपाली एकता समाज युरोपको सम्मेलन सम्पन्न

0

चारदिशा, बेल्जियम ,

अन्तरराष्ट्रिय नेपाली एकता समाजले युरोपस्तरिय सम्मेलन सम्पन गरेको छ । समाजका अन्तरराष्ट्रिय अध्यक्ष मित्रलाल शर्माको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा रक्तिम सान्स्कृतिक परिवारका संस्थापक  जनगायक जीबन शर्मा अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो ।

”गणतन्त्र, राष्ट्रियता र राष्ट्र निर्माणका लागि सम्पूर्ण नेपाली एक हौ”  भन्ने नाराका साथ आयोजना गरिएको समाजको पहिलो एुरोपियन सम्मेलनको सफलताको कामना गर्दै जनसंपर्क समिति बेल्जियमका अध्यक्ष सुबाश जोशी , जन प्रगतिशिल मन्चका अध्यक्ष चित्र सुबेदी, प्रबासी नेपाली मन्चका अध्यक्ष अर्जुन गुरुङ , नेपाली जन प्रगतिशिल मोर्चाका युरोप सम्योजक बिष्णु भुजेल , आदिबासी जनजाती मोर्चाका युरोप सन्योजक राम बहादुर गुरुङ , एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम, नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सिपी भट्ट, राप्रपाका धिर्कमान मल्ल,  बेल्जियम नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष युबराज गुरुङ , प्रबासी महिला मन्चकी अध्यक्ष इशा गुरुङ , नेपाल पत्रकार महासंघ युरोपका बरिष्ठ उपाध्यक्ष ओम शर्माले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

बक्ताहरुले नेपाली कम्युनिस्ट आन्दोलन र नेपालको नयाँ संबिधान लगायत नाकाबन्दीको कारण देशले ब्यहोर्नु परेका अप्ठ्यारो अवस्था र भबिस्यमा चालिनु पर्ने कदमका बारेमा बोल्नु भएको थियो ।
नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह र जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसी लगायत बिभिन्न संगठनहरुबाट प्राप्त सुभकामना सन्देश पढेर सुनाइएको थियो ।

अन्तरराष्ट्रीय कम्युनिस्त पार्टीका प्रतिनिधी थोमस बेशन र जर्मन कम्युनिस्ट पार्टीकी नेत्री विलियाले आआफ्नो संगठनको टर्फबाट सम्मेलनको सफलताको शुभकामना ब्यक्त गरेका थिए । विलियाले आगामी मार्च १३ देखी १८ सम्म काठमाडौंमा  हुने प्रगतिशिल महिलाहरुको विश्व सम्मेलनमा संसारभरिका महिला सहभागी भएर महिला आन्दोलन र अधिकारका बारेमा छलफल हुने बताईन ।

सम्मेलनमा औपचारिकरुपमा प्रस्तुत नभएपनि त्यहा उपस्थित बरिष्ठ बामपन्थी नेता एबम नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहलाई सबै बक्ता एबम उपस्थितहरुले सम्मान ब्यक्त गरेका थिए ।

सम्मेलनका लागि बेलायतबाट धन बहादुर केसी पोर्तुगलबाट अर्जुन सुनार र आशा भट्टराई,  नेदरल्यान्डबाट बिहानी थापा , लग्जेम्बर्गबाट ज्ञानेश्वर सापकोटा लगायत बेल्जियमका संगठन सम्बद्ध ब्यक्तिहरु सहभागी हुनुहुन्थ्यो। सम्मेलनका सन्योजक बालक्रिष्ण कंडेलको सभापतित्वमा भएको  कार्यक्रमको सन्चालन हिमाल थापाले गर्नु भएको थियो ।

कार्यक्रमको अन्तमा गायक शर्माले राष्ट्रिय भाबनाले ओतप्रोत जनबादी गीतहरुले मनोरन्जन गराउनु भएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.