योगिता थापा बेल्जियमको ‘टप मोडेलमा’ द्वीतीय

0

चारदिशा, सम्बाददाता, बेल्जियम,

नेपाली मुलकी मोडेल योगिता थापा पेरिसमा सम्पन  ”टप मोडेल २०१६”  मा द्वीतिय भएकी छिन । बेल्जियम निवासी थापा बिगत 6 महिना भन्दा अगाडि देखि प्रतिस्पर्धामा रहेकी थिईन । १६० प्रतिस्पर्धी रहेको यो मोडेल प्रतियोगिता बेल्जियमको फ्रान्स भाषा बोल्ने वालोनी क्षेत्रका प्रतिभाहरु बिच २००४ देखि हुँदै आएको छ ।
एक बर्ष पेरिस र अर्को बर्ष बेल्जियम वालोनीको कुनै एक शहरमा आयोजना गरिने यो मोडेल प्रतियोगिताको  ‘ल लिदो पेरिसले’ आफना बिबिध कार्यक्रम अन्तर्गत युरोपमा चाहिने मोडेलहरु उत्पादन गर्ने हेतुले गर्ने गरेको छ ।
यसमा ब्यक्तीको प्रस्तुतीलाई ५० प्रतिशत र प्रस्तुतीलाई मन पराएर दर्शकले दिने भोटलाई ५० प्रतिशत अंक दिएर धेरै अंक पाउने लाई बिजयी घोषणा गरिन्छ । प्रस्तुतिमा ब्यक्तीको सारिरिक प्रस्तुती , उचाई, डिजाइनरले तयार गरेका फेशनको सामाग्री लगाउने र दर्शकहरु माझ प्रस्तुत गर्ने कला , रयाम्पमा प्रस्तुत हुने तरिका आदिलाई आधार बनाएर प्रतियोगीहरुबाट उत्कृष्टलाई चयन गरिन्छ ।
इन्डियामा फेशन डिजाइन सम्बन्धी अध्ययन गरेकी थापा गीत संगीत र न्रित्यमा रुची भएकोले यि बिधा मार्फत मोडेलिङमा सफलता प्राप्त गर्न सकिने विश्वाश रहेको बताउछिन । टप मोडेल बेल्जियममा सहभागि भएर द्वीतीय स्थानमा पर्नु पनि आफ्नो लागि ठुलो सफलता भएकोले अब यस् बिधालाई नेपाली समुदायका बालबालिकाको लागि अबसर र ब्यक्तित्व बिकासमा सहयोगि हुने गरी आफुले सिकेका ज्ञान बाड्ने सोच रहेको बताउछिन ।
ब्याबसायिक फोटो शूट र ब्यबसायिक एजेन्सीमा मोडेलको रुपमा कामको अबसर हुने हुँदा त्यो सँग सँगै नेपाली समुदायको लागि पनि केही रचनात्मक कार्य गर्ने अबको आफ्नो उद्यस्य हुने पनि थापाले बताइन् ।

कलाकार संघ बेल्जियमकी अध्यक्ष पार्वती अधिकारीले टप मोडेल बेल्जियमको परिणाम सुने पछी युरोपको मोडेल प्रतियोगितामा नेपाली चेली सहभागि भएर द्वीतीय स्थान सम्म पुग्दा नेपाली समुदiय र बिशेष गरी कला क्षेत्रमा लाग्ने सबैलाई खुशी लागेको बताइन ।

नेपाली समुदायले भोट र हौशला दिएर आफुलाई गरेको सयोग प्रति आभारी हुँदै मोडेल थापाले  सबैलाई धन्यवाद दिएकी छिन् ।

Leave A Reply

Your email address will not be published.