पार्टीभित्रको गुटबन्दी अन्त्य गर्छु : नेता देउवा

0

परासी । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको आसन्न महाधिवेशनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले विशेष चासोको रुपमा हरेको बताउनुभएको छ । नेपाली काँगे्रस सुनवल नगर कार्यसमितिको नवनिर्मित भवनको उद्घाट्न गर्दै नेता देउवाले आफूलाई पार्टीको नेतृत्वमा पु¥याउन कार्यकर्तालाई आग्रह गर्दै आफ्नो नेतृत्वले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै एकताबद्ध ढङ्गले पार्टी अगाडि बढ्ने विचार राख्नुभयो ।
उहाँले पार्टीमा अब आफूले नेतृत्व लिने अवसर पाए सबै आदिबासी जनजाति, दलित, महिला, मधेसी ,मुस्लिम, अल्पसङ्ख्यक तथा सम्पूर्ण जातजातिलाई मिलाएर लैजाने दाबीसमेत गर्नुभयो । आशन्न महाधिवेशनले पार्टीभित्र ठूलो परिर्वन ल्याउने बिताउँदै आफूले नेतृत्व गरे मधेस समस्या, र सीमाङ्कनसम्बन्धी मुद्दालाई तत्काल अन्त्य गर्ने जिकिर गर्नुभयो ।
सो अवसरमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले अब पार्टीलाई अघि बढाउन वरिष्ठ नेता देउवा आवश्यक भएको आम कार्यकर्ताले महसुस गरेको दाबी गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.