सभापतिको उम्मेदवारीबाट पछि नहट्ने पौडेलको उद्घोष

0

सुरुङ्गा । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ । नेपाली काँग्रेस झापाद्वारा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ योजना र कार्यक्रमकासाथ पार्टीलाई अघि बढाउन आफूले सभापति पदमा उम्मेदवारी दिने बताउनुभयो ।
अर्काे प्रसङ्गमा उहाँले लोकतन्त्रमा प्रमुख पार्टी र दोस्रो पार्टी मिलेर सत्ता गठबन्धन गर्नुभन्दा लोकतान्त्रिक अभ्यासअन्तर्गत सत्ता र प्रमुख प्रतिपक्षको भूमिकामा रहनु नै उत्तम हुने ठानेर काँग्रेसले स्वच्छ प्रतिस्पर्धाको राजनीति रोजेको पनि बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.