एक साताभित्र इन्धन आपूर्ति सहज हुने

0

काठमाडौं । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अब एक साताभित्र पेट्रोल तथा डिजेलको आपूर्ति सहज हुने जनाएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले निगमका देशभरका डिपोलाई उपत्यकामा तेल पठाउन निर्देशन भइसकेको बताउँदै त्यहाँबाट तेल आयात भएपछि सबै पेट्रोल पम्पबाट निश्चित परिणाममा सहज रुपमा वितरण गरिने जानकारी दिनुभयो ।
उहाँले भारतले ग्यासको आपूर्ति नबढाउँदासम्म आपूर्ति सहज हुन नसक्ने हुँदा नयाँ निर्णय नहुन्जेल ७ दशमलव १ किलोकै सिलिन्डर वितरण गरिने बताउनुभयो ।
ग्यास उद्योग महासङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले आधा सिलिन्डर ग्यास वितरण गर्दा उपभोक्तालाई लागत बढ्न जाने बताउँदै सरकारले सहयोग गरेमा दुई-तीन दिनभित्र पूरै सिलिन्डर वितरण गर्न सकिने छ भन्नुभयो । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईंले ग्यास तथा तेलगायत इन्धनको मागअनुसार आपूर्ति हुन नसक्दा बजारमा बढेको कालोबजारी नियन्त्रण गरी न्यायोचित वितरण गर्नुपर्ने माग गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.