काँग्रेस र एमालेलाई सँगै मिलाएर लानुपर्र्छ : अध्यक्ष दाहाल

0

पोखरा । एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) दुबै दललाई मिलाएर लैजानुपर्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रमुख राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने वर्तमानको आवश्यकता भएको बताउँदै एनेकपा (माओवादी)ले काँग्रेस र एमाले दुबै दललाई एक ठाउँमा ल्याउने उल्लेख गर्नुभयो ।
मधेसी दलले उठाएका समानुपातिक, समावेशिता, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारणलगायतका विषयमा लगभग सहमति भइसकेको र एक दुई दिनभित्रमा संविधान संशोधन मार्फत सम्बोधन गरिने बताउँदै उहाँले सिमाङ्कनको विषयलाई राजनीतिक समिति निर्माण गरी तीन महिना समयावधि निर्धारण गरी टुङ्ग््याउन पहल भइरहेको बताउनुभयो ।
संविधान संशोधनसँगै जारी जटिलताको अन्त्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । माओवादी पार्टीभित्रको विभाजनको वस्तुगतरुपमा औचित्य पुष्टि हुन नसकेको चर्चा गर्दै उहाँले औचित्य पुष्टि नहुनुले नै एकताको आवश्यकता भएको उल्लेख गर्नुभयो । नयाँ शक्तिको कुरा केवल शब्दमा मात्र नयाँ भएको उहाँको भनाइ थियो । अध्यक्ष दाहाल प्रदेश नं ४ को अगुवा कार्यकर्ता प्रशिक्षणलगायतका कार्यक्रमका लागि पोखरा आउनुभएको हो ।

Leave A Reply

Your email address will not be published.