सामूहिक बलात्कारपछि युवतीको हत्या

0

रुकुम । रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ । मङ्गलबार अपराह्न दाउरा लिन जङ्गल गएकी युवती राति अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दै जाँदा जङ्गलमा एउटा रुखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए ।
युवतीको शव परीक्षणका लागि बुधबार जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ । युवतीको बलात्कारपछि हत्या भएको अस्पतालका डा दीपक पुनले बताए । ‘शवको प्रकृति हेर्दा हातखुट्टा बाँधेर सामूहिक बलात्कारपछि हत्या गरेको हुन सक्छ,’ उनले भने । युवतीलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरूले धम्की दिने गरेको स्थानीय बासिन्दा निर्मल शाहले बताए । शाहले फोनमा धम्की दिनेले नै युवतीको हत्या गरेको हुनसक्ने बताए ।

Leave A Reply

Your email address will not be published.