विप्लपको केन्द्रीय सदस्य नयाँ शक्तिमा

0

काठमाडौं । नेकपा माओवादी विप्लव समूहका चार केन्द्रीय सदस्यसहितका नेता कार्यकर्ताले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा जाने घोषणा गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य ठाकुरप्रसाद चापागार्इंले नेपालको आर्थिक संरचनालाई कसरी परिवर्तन गर्ने भन्ने सोंचका साथ नयाँ शक्ति आएकाले आफूहरु त्यसमा प्रवेश गर्न लागेको जानकारी दिनुभयो ।
चापागार्इंसहित गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र वसन्त घर्तीमगरले नयाँ शक्तिमा जाने घोषणा गर्नुभएको हो ।
विप्लव समूहको पार्टीको कार्यदिशाअनुसार पार्टी सञ्चालन हुन नसकेको र आफूहरुको विचार फरक बन्दै गएकाले सो पार्टी परित्याग गर्नुपरेको बताउँदै दशवर्र्षे युद्धमा देश विकासका लागि बनाइएका त्यागको भवना तथा मूल्य मान्यतालाई पार्टीका नेताले आत्मसात् गर्न नसकेकाले आफूहरु पार्टी छाड्न लागेको उहाँहरुले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.