संसद् बैठकमा दफाबार छलफल

0

काठमाडौं । व्यवस्थापिका संसद्को बैठकमा संविधान संशोधनका लागि सांसदहरुले दर्ता गराएका संशोधन प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । विधेयकमा २४ वटा संशोधन परेको छ । ती २४ वटै संशोधनकर्तालाई बैठकमा बोल्ने समय दिइएको छ । यसअघि बैठकले नियमावली मस्यौदा समितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको छ । संसद् बैठक सुरु भएलगत्तै मधेसी मोर्चासहित ६ वटा दलले बहिस्कार गरेका थिए । प्रमुख तीन दलले गर्न लागेको संविधान संशोधन विधेयकले सबै समस्याको समाधान नगर्ने भन्दै मोर्चामा सम्बद्ध चार दल संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी र मोर्चाबाहेकका थरुहट तराई पार्टी नेपाल र राष्ट्रिय मधेस समाजवादी पार्टीले बैठक बहिस्कार गरेका हुन् ।
संसद्को विशेष समयमा बोल्दै सांसदहरुले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । उनीहरुले मधेस समस्या समाधान गर्न, भूकम्प प्रभावित जनतालाई राहत दिन, कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले सरकारले कुनै पनि काम प्रभावकारी गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठानको नाम परिवर्तन गरेकोमा आपत्ति प्रकट गरे ।

Leave A Reply

Your email address will not be published.