नेदरल्याण्ड्सको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्धन

0

नेदरल्याण्ड्सको युत्रेक शहरमा संपन्न पर्यटन मेलामा नेपालको पर्यटन संबन्धमा विषेश प्रस्तुती भएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सिवीअर्इ र अन्य संघसंस्थाहरुलेसहभागिता जनाएका छन् । नेपालमा गएको विनाशकारी भुकम्प पश्चात पर्यटन क्षेत्रलाई पुर्नस्थापना गर्नका लागि उक्त विशाल कार्यक्रममा नेपाल संबन्धी विषेश जानकारी, सुचना,वृतचित्रहरु प्रदर्शन गरिएको छ ।
युरोपमा नै ठुलो मानिने पर्यटन मेलामा नेपालको भाषा, संस्कृतिक तथा भेषभुषाको प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालले एक स्टल लिएर नेदरल्याण्ड्स लगायत युरोपेलीनागरिकहरुलाई नेपाल भम्रण गर्न र सुरक्षित रहेको तथा मुख्य पर्यटकिय क्षेत्रहरुको बारेमा मनग्य जानकारीहरु दिइएको थियो ।
जनवरी १२ देखि १७ सम्म ६ दिन चलेको कार्यक्रममा विभिन्न सत्रहरुमा नेपाललाई माया गर्ने र नेपाल पटक पटक गएका डच नागरिहरुहले नेपाल संबन्धमा प्रस्तुतीकरण दिएका थिए । १४जनवरीमा प्रसिद्ध फोटोग्राफर विम भान पासेलले रिच एक्पेरियन्स विथ डिप इम्प्रेसन भन्दै नेपाल प्रवद्र्धन संवन्धमा प्रस्तुतीकरण गरेका थिए । त्यस्तै १५ र १७ जनवरीमा डच नागरिकमार्टिन ओलथोपले एन इन्क्रेडिवल कन्ट्री – राइट नाउ योर जोर्नी मेक्स दि डिफरेन्स विषयमा उक्त कार्यक्रममा प्रस्तुतीकरण साथै नेपाली नृत्य अायोजना भएको थियो । साथै जनवरी १६ मा नेदरल्याण्ड्सको चंगा ब्यान्ड तथा स्थानिय नेपाली कलाकारहरुले नृत्य तथा गायन मार्फत नेपाली सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरेका थिए।
प्रत्येक वर्ष चल्ने उक्त पर्यटन मेलामा करिव एक लाख विस हजार सहभागी भएको जनाइएको छ । कार्यक्रममा उपस्थित भएर धेरै युरोपियन नागरिकहरुले नेपाल जान इच्छुक रहेकोबताएका छन् । वेनेलक्सको सवैभन्दा ठुलो पर्यटन मेलाको उद्घाटन सत्रमा बोल्दै नेदरल्याणड्सको पर्यटन क्षेत्रका विषेश व्यक्तित्व फ्लोर्चे डेसिङले नेपालको पर्यटकिय क्षेत्रहरू को प्रशंसा गर्दै सवैलार्इ नेपाल भ्रमण गर्न अाग्रह गरेकि थिइन् । साथै नेदरल्याण्डसको राष्टिय स्तरको प्रमुख टेलिभिजन प्रशारणमा समेत अन्तरवार्ता दिदै नेपालको पर्यटनको बारेमा समेत प्रवर्दधन गरिएको थियो । कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र विनासकारी भुकम्प पश्चात युरोपेली पर्यटकको संख्यामा आएको कमिलाई बढाउनसहयोग पुग्ने विश्वास रहेको कार्यक्रमलाई नेपालीको तर्फबाट सहयोग गरेका नेपाल पर्यटन बोर्डका अनररी प्रतिनिधी शशि पौडेलले बताए । उक्त पर्यटन मेलामा नेपाल पर्यटन बोर्डका तर्फबाट प्रदिप बस्नेत र सन्तोश घिमिरेले सहभागिता जनाएका थिए ।

Leave A Reply

Your email address will not be published.