ढाका टोपी लगाएर मोदीले कसको मन जित्न खोजे ?

0

गान्तोक । नेपालमाथि नाकाबन्दी गरेकै समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढाका टोपी लगाउँदै सार्वजनिक कार्यक्रममा भाग लिएका छन् । अवसरको सदुपयोग गर्न खप्पिस मोदीले पूर्वोत्तर भारतको भ्रमणका क्रममा ढाका टोपी लगाएका हुन्, जहाँ नेपालीमूलका बासिन्दाको बाहुल्यता छ । गान्तोक पुगेका मोदी ढाका टोपीमा सजिएका थिए । उनले स्थानीयसँग हात मिलाएर भलाकुसरीसमेत गरे ।
गान्तोकमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई फूलजस्तो नाजुक हुन नदिन आग्रहसमेत गरे । उनले भने, ‘म काँडाको बीचमा रहेको छु, मलाई काँडाकै बीचमा रहनु छ ।’ त्यसो त, मोदीको व्यवहार नेपालका लागि पनि काँडाजस्तै देखिएको छ । उनकै नेतृत्वको सरकारले नेपालमाथि अघोषित नाकाबन्दी गर्दै नेपालीलाई अनावश्यक दुःख दिदैं आएको छ । यद्यपी उनले नेपालीमूलका भारतीयहरु माझ पुग्दा पनि नेपालमाथिको नाकाबन्दीबारे भने चर्चा गरेनन् ।

Leave A Reply

Your email address will not be published.