बस दुर्घनामा पाँचको मृत्यु १५ बढी घाइते

0

दाङ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.१ क १९१ नम्बरको स्कुल बस र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ३७२ नम्बरको यात्रुबाहक माइक्रो हाइस गाडी केहीबेर अगाडि तुलसीपुर घोराही सडकखण्डको सौरीकुलामा ठोकिँदा गम्भीर घाइते भएकामध्ये पाँचजनाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा मृत्यु भएको छ ।
दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेहरुमा सल्यान काभ्रा– ६ का डेढ वर्षीय बालक हेमन्त विष्ट, हाइसचालक मानपुर गाविस–७ का २० वर्षीय धनबहादुर थापा, त्रिपुर नगरपालिका–१ का ३६ वर्षीय सवनम अन्सारी र दुईजना महिला रहेका छन् । उनीहरुको पहिचान हुन सकेको छैन ।
दुर्घटनामा परी घाइते भएकामध्ये १५ जनालाई नेपालगञ्ज, पाँचजनालाई थप उपचारका लागि बुटवल पठाइएको छ । घटनाको थप विवरण अझै आउन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.