सभापतिका लागि सहयोग गर्न नेता देउवाको आह्वान

0

काठमाडौैँ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी १३औँ महाधिवेशनबाट आफूलाई सभापति बन्न सहयोग गर्न आह्वान गर्नु भएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले आफूलाई सभापतिमा सहयोग गर्न पार्टीका नेताहरुसँग आह्वान गर्नु भएको हो । पार्टीलाई उत्साहका साथ समावेशी समानुपापतिक सिद्धान्तका आधारमा अगाडि बढाउने उहाँले अठोट व्यक्त गर्नुभयो ।
नेपालमा प्रजातन्त्रप्रति पूर्ण विश्वास राख्ने पार्टी नेपाली काँग्रेस नै रहेको र अरु पार्टीलाई अझै पनि पूर्ण विश्वास नभएकाले प्रजातन्त्रलाई सुदृढ गराउनेतर्फ आफूले पार्टीलाई लैजाने नेता देउवाले बताउनुभयो । “संविधानको कार्यान्वयन, विकास निर्माणलगायत विषयमा मुलुकमा धेरै चुनौती रहेकाले त्यसको सामना गर्ने जीवन्त पार्टीको रुपमा काँग्रेसलाई स्थापित गर्नुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो ।
दिवा भोजमा देउवा पक्षकाबाहेक संस्थापन पक्षका मानिने महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, केन्द्रीय सदस्य नरहरि आचार्य, महेश आचार्य, डा मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशीलगायत नेताको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.