बेल्जियमका नेपालीबाट वृद्धवृद्धालाई न्यानो कपडा

0

म्याग्दी । म्याग्दीको गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ५० जना वृद्धवृद्धालाई बेल्जियममा रहेका नेपालीले न्यानो कपडा सहयोग गरेका छन् । बेनी नगरपालिका–१ का झलकबहादुर महतको संयोजनमा बेल्जियममा रहेका नेपालीको सहयोगमा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न आज ५० थान कम्बल वितरण गरिएको हो ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बेल्जियममा रहेका महतसहित अन्य सहयोग गर्ने व्यक्तिका आफन्तको उपस्थितिमा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव एकेन्द्र कार्कीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.